फिनिक्स कलेजद्वारा ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित

फिनिक्स कलेजद्वारा ज्ञानेन्द्र मल्लसहित पाँच क्रिकेटर सम्मानित


फिनिक्स कलेज अफ म्यानेजमेन्टले राष्ट्रिय क्रिकेट टोलीका ५ खेलाडीलाई सम्मान गरेको छ । 

कलेजले बिहीबार एक कार्यक्रममार्फत नेपाली टिमका ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङलाई सम्मान गरेको हो ।कलेजले उनीहरुलाई अभिनन्दन कार्यक्रम गरी प्रसंशापत्र र नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको पनि उपस्थिति थियो । सम्मानित पाँचै खेलाडी फिनिक्स कलेजमा स्नातक तह अध्ययनरत छन् । कार्यक्रममा पूर्व कप्तान पारस खड्काको उपस्थित रहेको थियो । 

कलेजले खेलाडीलाई क्रिकेटको क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेबापत अभिनन्दन कार्यक्रम मार्फत सम्मान गरेको हो । सम्मान प्राप्त गर्ने राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरू ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा र सूर्य तामाङ रहेका छन् । सम्मानित क्रिकेट खेलाडीहरू पाँच जना फिनिक्स कलेज अफ म्यानेजमेन्टमा स्नातक कार्यक्रममा अध्ययनरत रहेका छन् । अभिनन्दन कार्यक्रमको प्रमुख उद्देश्य खेलकुदमा उल्लेखनीय उपलब्धि तथा योगदान पुर्याएका राष्ट्रिय क्रिकेट खेलाडीहरुलाई सम्मान गर्ने रहेको आयोजक टिमले जनाएको छ । 

सम्मानित खेलाडीहरूले उनीहरूको शैक्षिक र क्रिकेट करियरलाई सन्तुलनमा राख्न कलेज गरेको सहयोगको खुलेर तारीफ गरेका छन् ।
 
कलेजका प्राचार्य प्रा. डा. फत्त बहादुर केसीले सम्मानित राष्ट्रिय क्रिकेट खेलाडीहरू खेलकुदका लागि मात्रै नभई असल र मेहनती विद्यार्थी पनि भएको जानकारी गराए । 
 
त्यस्तै, पूर्व कप्तान पारस खड्काले पढाइ र खेल कसरी फिनिक्स कलेजले आफूलाई गरेको सम्मान धेरै महत्वपूर्ण रहेको भन्दै विद्यार्थीले पढाई र खेल कसरी अगाडी लाने भनेर राम्रोसँग सोच्नुपर्ने बताएका छन् । 
 
मैतीदेवी, काठमाडौंमा रहेको फिनिक्स कलेज अफ म्यानेजमेन्ट सन् २०१२ देखि नेपालमा स्नातक र स्नातकोत्तर तहका व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधि संकायका कार्यक्रमहरू सञ्चालन गर्ने पहिलो लिंकन विश्वविद्यालयसँग संबन्धन प्राप्त कलेज हो ।

Logo