जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

जसपाबाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई


जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ । 

आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो । मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ । 

विस्तार हुन लागेको मन्त्रिपरिषद्‌मा जसपाले दुईवटा मन्त्रालय पाएको छ । जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन् ।

Logo