पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना

पहाडी भू-भागमा हावाहुरीसहित वर्षाको सम्भावना


हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको छ। जसको प्रभावले देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रहेको छ। 

आज दिउँसो  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरूमा चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

भोलि भने देशका पहाडी भू-भागका केही स्थानहरूमा साथै तराईमा पनि चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।यो क्रम राति पनि जारी रहने छ । 

देशका पहाडी भू-भागका एक दुई स्थानमा  मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ्ग तथा  हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोधसमेत गरेको छ । 

Logo