यामाहाको नयाँ वर्ष अफरः १ लाखसम्म क्यासब्याक र उपहार पाइने

यामाहाको नयाँ वर्ष अफरः १ लाखसम्म क्यासब्याक र उपहार पाइने


यामाहा मोटरसाकल तथा स्कुटरको नेपालकाल लागि आधिकारिक विक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजले नयाँ वर्ष २०८० को आकर्षक अफर सार्वजनिक गरेको छ ।

 ‘पावर अफ फाइभ वीथ यामाहा’ नामक यस अफरअन्तर्गत ग्राहकहरुले बाइक खरिद गर्नुअघि, गरिसकेपछि र रेफरल कोड सेयर गर्दा क्यासब्याक र विभिन्न उपहारहरु पाउनेछन् । जसमा ग्राहकले खरिदका क्रममा ५० हजार रुपैयाँसम्म क्यासब्याक पाउनेछन् भने खरिद गरेपछि वाइल्ड कार्डमार्फत अर्को १ लाख रुपैयाँसम्म क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । 

साथै बाइक लिने ग्राहकलाई कम्पनीले एउटा रिफरल कोड उपलब्ध गराउनेछ । सो कोडलाई सेयर गरी हरेक हप्ता एकजना भाग्यशाली विजेताले आईफोन १४, एप्पल वाच र एप्पलकै एयर पड उपहार पाउन सक्नेछन् ।

यो अफर यामाहाको देशभर रहेका सोरुममा लागु हुने छ । 

Logo