प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका युवालाई दुर्गा प्रसाईले गरे खादा लगाएर सम्मान


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध नाराबाजी गर्दा पक्राउ परेका तीन युवालाई व्यवसायी दुर्गा प्रसाईले खादा र माला लगाएर सम्मान गरेका छन् ।

आज एक पत्रकार सम्मेलनमा उनले तीन युवालाई सार्वजनिक गरेका थिए। उनले बोलेकै भरमा हिरासतमा राख्ने प्रहरी र उनीहरूसँग धरौटी माग्ने अदालत दुवैको निर्णय गलत भएको बताए ।

प्रसाईले भने,‘उहाँहरू हाम्रो अभियानसँग जोडिनुभएका व्यक्ति होइन। तर, हामीसँग मिल्ने एजेन्डाहरू उठाउनुभएको हुँदा उहाँहरूलाई सम्मान गर्न चाहेका हौं’।

प्रसाईले मिटरव्याज र बैंकबाट पीडितहरूको पक्षमा आवाज उठाउँदा प्रहरीले दमन गरेको आरोप लगाए । उनले ती युवाले धरौटी राख्दा लागेको सबै खर्च र अन्य आर्थिक क्षति आफ्नो अभियानले व्यहोर्ने पनि प्रतिबद्धता जनाएका छन् ।

Logo