स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षक सम्मान

स्काउटका राष्ट्रिय प्रशिक्षक र सहायक राष्ट्रिय प्रशिक्षक सम्मान


नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक र राष्ट्रिय सहायक प्रशिक्षकहरूलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान प्रदान गरेको छ नेपाल स्काउट बागमती प्रदेशका संयोजक शिवराम अर्यालले उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा स्काउटको एडभान्स तालिम (चौथौँ तह) उत्तीर्ण गर्न सफल स्काउटहरूलाई एडभान्स स्कार्फ र उड्विड्स वितरण गरिएको छ । स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका भक्तपुरले भव्य कार्यक्रम गरी उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा नेपाल स्काउट बागमती प्रदेशका सल्लाहकारद्धय रामगोपाल कर्माचार्य, भक्त राजभण्डारी, सदस्य अच्युत प्रजापति, आयोजक संस्थाका संयोजक कृष्णसुन्दर प्रजापतिलगायतले सम्मानित स्काउटहरू तथा एडभान्स तालिममा उत्तीर्ण हुन सफल स्काउटहरूले स्काउटको अनुशासनमा रहेर देश र जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गरे ।

Logo