समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा


गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोकगीतको भिडियो सार्वजनिक गरिएको छ ।

अर्जुन पोखरेलको शब्द,संगीत,एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ। भिडियोले वैँशालु उमेरमा साथीभाइसँग घुमघाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ ।

प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिङशैलीको भिडियोलाई दर्शकले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन्।नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ ।

 

 

Logo