उपराष्ट्रपति यादव बारा जाँदै

उपराष्ट्रपति यादव बारा जाँदै


उपराष्ट्रपति रामसहाय यादव जीतपुर सिमरा गोल्ड कपको समापन कार्यक्रममा सहभागी हुन बारा जाने भएका छन् ।

नव जनजागृति युवा क्लबद्वारा आयोजित जीतपुर सिमरा गोल्ड कपको १३ औं संस्करण चैत ६  देखि १८ गतेसम्म निर्माणाधीन सिमरा रंगशालामा सञ्चालन भइरहेको छ ।

यो जीतपुर सिमरा गोल्ड कप मधेश प्रदेशमा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरू मध्ये महत्वपूर्ण प्रतियोगिता हो । उपराष्ट्रपति यादव गोल्ड कप समापन समारोहमा सहभागी हुन बारा जान लागेको आयोजक संस्थाले जनाएको छ ।

Logo