देवघाटधाममा विभिन्न स्रष्टा सम्मानित

देवघाटधाममा विभिन्न स्रष्टा सम्मानित


संस्कृत भाषा र संस्कृतिको संरक्षणमा समर्पित विभिन्न व्यक्तिहरुलाई पुरस्कृत गरिएको छ । 

तनहूँको देवघाटधामस्थित महेश संस्कृत गुरुकुलमको ३०औं वार्षिकोत्सव समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ५० हजार राशीको वेदनिधि पुरस्कार श्री १००८ स्वामी कृष्णानन्द सरस्वतीलाई प्रदान गरिएको छ । साथै गुरुकुल कूलाचार्य सम्मान तथा राजर्षि जनक स्मृति पुरस्कार डाक्टर गुरुप्रसाद सुवेदीलाई प्रदान गरिएको छ  । 

No description available.

यस्तै, ५० हजार रुपैयाँको विद्यावारिधि शोधवृत्ति पुरस्कार फणीन्द्र पौडेल, रोहिणीराज तिमल्सिना र निराजन पन्तलाई प्रदान गरिएको छ । 

समारोहमा महेश संन्यास आश्रमका पीठाधीश स्वामी श्री १००८ रमणानन्द गिरि, सरकारका पूर्वसचिव शरदकुमार भट्टराईलगायतले पूर्वीय दर्शन र नेपाली सभ्यताका विविध पक्षहरु बारे प्रवचन दिएका थिए ।

No description available.

Logo