उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवार घोषणा

उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदवार घोषणा


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी १० वैशाखमा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ ।

शनिवार पार्टी कार्यालय महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमार्फत रास्वपाले  चितवन २ मा अध्यक्ष रवि लामिछाने, तनहुँ १ मा स्वर्णिम वाग्ले र बारा २ मा रमेश खरेललाई उम्मेदवार बनाउने घोषणा गरेको हो । 

केन्द्रीय निर्वाचन आयोगका नारायण प्याकुरेलले सभापति लामिछाने, पूर्व डीआईजी खरेल र अर्थशास्त्री वाग्लेलाई टिकट हस्तान्तरण गरेका हुन् । साथै उनले तीनै जना उम्मेदवारलाई विजयको अग्रिम शुभकामनासमेत दिए । 

Logo