दुई तिहाई बहुमतको सरकार बनाएर नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्छाैँ -रवि लामिछाने

दुई तिहाई बहुमतको सरकार बनाएर नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्छाैँ -रवि लामिछाने


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले दुई तिहाई बहुमतको सरकार बनाउने जिकिर गरेका छन्  ।

वैशाख १० गते हुने उपनिर्वाचनको उम्मेदवार घोषणा गर्न शनिवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टीमा स्वर्णिम वाग्ले र रमेश खरेलजस्ता हजारौं क्षमतावान मानिसहरु जोडिन आउने जनाउ दिएको भन्दै पार्टीले बहुमतको सरकार बनाउने दिनको परिकल्पना आफूले गरेको पनि स्पष्ट पारे । 

उनले वाग्ले र खरेलजस्ता विज्ञहरुले मन्त्री भएर सरकारको नेतृत्व गर्ने र मुलुकमा विचौलिया र घुसखोरहरुको अन्त्य हुने दाबी समेत गरे । वाग्ले र खरेलजस्ता विज्ञहरु आफ्नो पार्टीमा आएको सिंगो देशका लागि उज्यालोको संकेत भएको उनको भनाई थियो ।

सभापति लामिछानेले आफ्नो पार्टीले बहुमत ल्याएपछि राम्रा नीति बन्ने र नयाँ पुस्ताको भविष्य सुनिश्चित हुने दिन आउने पनि बताए । 

Logo