तीनदिने निःशुल्क आँखा शिविरमा ६ सयभन्दा बढीले लिए सेवा

तीनदिने निःशुल्क आँखा शिविरमा ६ सयभन्दा बढीले लिए सेवा


हिमाली जिल्ला मुगुमा निशुल्क आँखा शिविर सञ्चालनमा ६ सय भन्दा बढि बिरामीहरुले सेवा लिएका छन् । बुधबारबाट सुरु भएको तीन दिने निशुल्क आँखा चेकजाँच तथा मोतिया बिन्दुमा ६ सय ४७ जनाले आँखा चेक जाँच सेवा लिएका हुन् ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ६५ जनाको मोतिबिन्दु अप्रेशन सहित सम्पन्न गरिएको नेपाल नेत्र ज्योति संघ केन्द्रिय उपाध्यक्ष तिलक बहादुर मल्लले बताए । 

नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एबंम प्राविधिक सहयोग, नेपाल नेत्र ज्योति संघ एकीकृत आँखा कान स्वास्थ्य कार्यक्रम कर्णाली प्रदेश नेपालको आर्थिक सहयोग, आई केयर फाउण्डेशनको बिशेष सहयोग साथै नेपाल नेत्र ज्योति संघ,जिल्ला आँखा उपचार केन्द्र,मुगुको स्थानीय आयोजनामा यहि चैत १५ गते बाट सञ्चालन भएको निशुल्क आँखा शिविर १७ गते सम्म सञ्चालन भएको थियो । 

तीन दिन सम्म सञ्चालन भएको निशुल्क आँखा शिविरमा विकट हिमाली जिल्ला मुगु सहित छिमेकि जिल्ला जुम्ला, हुम्लाका नागरिकहरुले सेवा प्राप्त गरेको बताए । शिविरमा जुम्लाका आँखाका विरामिहरुको पनि चेकजाँच गरिएको छ ।  मोतियाबिन्दु भएका आँखाका विरामीहरुलाई चश्मा पनि वितरण गरिएको छ । 

छायाँनाथ रारा नगरपालिका–१ छत्याल बाडाकी ७० वर्षीया चम्फा नेपाली निःशुल्क आँखा उपचार हुन्छ भनेर जिल्ला आँखा उपचार केन्द्र मुगुमा आइन् ।

रेडियो लगायत सञ्चार माध्यमबाट निःशुल्क आँखा शिविर सञ्चालन हुने सूचना पाएकै भरमा उनी शिविरमा आएर मोतिया विन्दुको सफल शल्यक्रिया पछि उनी खुसी भएकी छन् । 'आँखाको अपरेसन निःशुल्क भयो । अब अरूले झैँ राम्ररी देख्न र हेर्न पाउने भएँ' आँखाको ज्योति पुनः पाएपछि उनले खुसी हुँदै भनिन् । 

Skip This
Logo