आईपीएलमा पन्जाब किंग्स विजयी

आईपीएलमा पन्जाब किंग्स विजयी


पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा शनिबार वर्षाले प्रभावित खेलमा कोलकाता नाइट राइडर्सलाई डकवर्थ लुइस नियमअनुसार ७ रनले पराजित गरेको छ ।

पहिले ब्याटिङ गरेको पन्जाबले ५ विकेटमा १ सय ९१ रन बनाएको थियो । त्यसमा भानुका राजपाक्षेले ३२ बलमा ५० रन बनाए । कप्तान शिखर धवनले २९ बलमा ४० रनको योगदान दिए ।

जवाफमा कोलकाताले १६ ओभरमा ७ विकेट गुमाई १ सय ४६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । आन्द्रे रसेलले ३५ र वैंकटेश अयरले ३४ रन बनाए । कोलकाताको इनिङ्स १६ ओभरमा पुग्दा खेल वर्षाले बिथोलिएको थियो । खेलको नतिजा पन्जाब डकवर्थ नियमअनुसार छिनोफानो भएको थियो ।

Logo