#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19562238724394627943212558412
नेपाल2221470633015814

संविधान र सङ्घीयता कार्यान्वयनमा सबै दल एक हुनु पर्छ :काँग्रेस उपसभापति

विराटनगर, २०७६ मंसिर २३ ।

नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले संविधान र सङ्घीयताको पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताउनु भएको छ ।

विराटनगर विमानस्थलमा आइतबार अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उहाँले वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिनुभयो ।

उहाँले नेपाली काँग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मुूल्य मान्यता अनुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुपर्ने धारणा राख्नुभयो । भर्खरै सम्पन्न उप निर्वाचनमा नेपाली काँग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गर्दै उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्था अनुुसार एक वर्षको म्याद थप हुने र आगामी २०७७ फागुन मसान्तभित्र सम्म महाधिवेशन सम्पन्न हुने बताउनुभयो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार