मौलापुर विद्युत् प्राधिकरणका कर्मचारी डेढ महिना पछि काममा फर्किँदै

मौलापुर विद्युत् प्राधिकरणका कर्मचारी डेढ महिना पछि काममा फर्किँदै


दोषीमाथि कारबाही तथा शान्ति सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारी झन्डै डेढ महिना पछि काममा फर्किँदै छन्।

मौलापुर नगरपालिकाद्वारा गत फागुन ५ गते देखि आयोजना भएको मधानी महोत्सवको अवसरमा विद्युत् लाइन काटिएपछि स्थानीयद्वारा  नेपाल विद्युत् प्राधिकरण मौलापुरका कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरूले काम रोकेर आन्दोलित भएका थिए।

रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अगुवाइमा शनिबार जिल्ला प्रशासन कार्यालय रौतहटमा  सर्वपक्षीय सहमति भएपछि प्राधिकरण  कर्मचारीहरू काममा फर्किने भएका हुन् ।

Logo