गोर्खा वेल्फेयरको सहयोगमा लमजुङ्गकाे दाेर्दीमा ‘एक घर एक धारा’ निमार्ण हुने

गोर्खा वेल्फेयरको सहयोगमा लमजुङ्गकाे दाेर्दीमा ‘एक घर एक धारा’ निमार्ण हुने


दोर्दी गाउँपालिका वडा नं. ६ हरिगाउँमा खानेपानी आयोजना निमार्ण हुने भएको छ।  सो क्षेत्रमा विद्यमान खानेपानी समस्या हल गर्न गोर्खा वेल्यफेयर ट्रष्टको सयहेगमा ‘एक घर, एक धार’ खानेपानी आयोजना निर्माण गरिने भएको हो। आयोजना निमार्णका लागि स्थानीयको उपस्थितीमा गोर्खा वेल्यफेयर ट्रष्ट, स्थानीय तह र उपभोक्ता समितविच त्रिपक्षिय सम्झौता भएको छ ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारी र ट्रष्टका प्राेजेक्ट म्यानेजर वेलवहादुर  गुरुङको उपस्थितीमा हरिगाउँ खानेपानी आयोजना २०८० असार १४ गते सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको पालिका अध्यक्ष अधिकारीका स्वकिय सचिव हरि घिमिरले जानकारी दिए । 

आयोजना निमार्णको कुल लागत ३९ लाख ३१ हजार ८ सय ११ रुपैया ६७ पैसा रहेको छ । जममा गोर्खा वेल्फेयर ट्रष्टको ७५.९० प्रतिशत अर्थात् २९ लाख ८४ हजार १ सय ८२ रुपैया ४८ पैसा, उपभोक्ताको २४.१० प्रतिशत अर्थात ९ लाख ४७ हजार ६ सय २९ रुपैया २० पैसा लगानी रहनेछ ।

आयोजना निमार्णका लागि उपभोक्ता समितको लागत मध्ये १४ प्रतिशत बजेट गाउँपालिकाले व्यहोर्ने पालिका अध्यक्ष युवराज अधिकारीले वताए । बाँकी १० प्रतिशत भने उपभोक्ताको श्रमदान हुनेछ । 

आयोजना निमार्ण प्रक्रिया आगामी बैशाख २ गतेबाट सुरु गरिनेछ । आयोजना अन्तर्गत   गाउँका ४३ घरदुरीमा शुद्ध खानेपानीका लागि निमार्ण गरिने एक घर एकघाराबाट हाल गाउँमा रहेका २ सय ३४ जनसंख्या लाभान्वित हुनेछन् ।

हालको मापन अनुसार उक्त गाउँमा प्रतिदिन ३४ हजार ५ सय ६० लिटर पानी आवश्यक पर्ने र सोही आवश्यकतालाई मध्यनजर गरी पानीको श्रोत पहिचान गरी आयोजना निमार्ण गरिने गोर्खा वेल्फेयर ट्रष्टका वेलवहादुर  गुरुङले बताए। 

हरिगाउँका वासिन्दाले हाल पुराना सार्वजनिक धारामार्फत खानेपानीको उपभोग गर्दै आएका छन् । लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीय अव एक घर एक धारा वन्ने भएपछि आँगनकै धाराबाट नियमित खानेपानीको सुविधा पाउनेमा विश्वस्त छन् । 

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा दोर्दी गाउँपालिकाकै वडा नंं ४ र ८ दुई वटा खानेपानी आयोजना निमार्ण सम्पन्न भइैसकेको छ भने पालिकाको अन्य वडामा एक घर एक धारा आयोजना निमार्ण गरिने ट्रष्टले जनाएको छ । 

नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन लमजुङको दोर्दी सहित देशभर विभिन्न १४ पालिकामा गोर्खा वेल्फेयरले उपझोक्ताको साझेदारी एक घर एक धारा खानेपानी अयोजना निमार्ण गरिरहेको छ । 

Logo