समृद्धिका लागि राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्छ- महासचिव पोखरेल

समृद्धिका लागि राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्छ- महासचिव पोखरेल


नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन्। उनले राजनीतिक स्थायित्व भएमात्र विकास र समृद्धि हुने धारणा राखेका छन्। 

सामाजिक सञ्जालमार्फत उनले भने,‘बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पूरा गर्न तनहुँ-१, चितवन-२ र बारा-२ मा सूर्य ध्वजाबाहक उम्मेदवारलाई विजयी बनाउने अभियानमा जुटौँ,विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ। देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढौँ।’ 

देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्ने महासचिव पोखरेलको भनाई छ।

Logo