#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20074993734889640847812931626
नेपाल2331079673816493

१३ औं साग : बक्सिङमा नेपालका ९ खेलाडी फाइनलमा

काठमाडौं, २०७६ मंसिर २३ ।

साग बक्सिङमा नेपालका महिला र पुरुष गरी नौ जना खेलाडी फाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको सेमिफाइनलमा नेपालका माला राई, सनील शाही र गणेश प्रधानले फाइनलमा स्थान बनाए । महिला ५१ केजीमा नेपालकी माला राईले श्रीलंकाकी कोसला नीलमिनी अथाववुदा अचिलागेलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा प्रवेश गरिन् । पुरुष ६० केजीमा श्रीलंकाका जीवन्थ निशान्का बामुनु आराछिललाई अंकको आधारमा पराजित गर्दै सनील शाही फाइनलमा प्रवेश गरे।

पुरुष ८१ केजीमा नेपालका गणेश प्रधानले भारतका सचिन कुमारलाई आरएससीको आधारमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे। ५१ केजीको अर्को खेलमा भारतकी पिंकी रानीले पाकिस्तानकी रजिया बानो अजिजलाई अंकको आधारमा पराजित गर्दै फाइनलमा नेपालकी मालासँग स्वर्णका लागि भिडन्त पक्का गरिन् । ५७ केजीको खेलमा नेपालका चन्द्रकला थापा श्रीलंकाकी क्रिस्मी अयोमा दुलान्ज लंकापुरायालागसँग पराजित भइन्।

पुरुष ५२ केजीमा पाकिस्तानका सईद मुहमद आसिफले श्रीलंकाका लासिन्दु इरान्दा कुदा भिथानागेलाई हराए। यसै तौलसमूहको अर्को खेलमा नेपालका तेजबहादुर देउवा भारतका स्पर्श कुमारसँग अंकको आधारमा पराजित हुँदै कांस्यमा सीमित भए।

६० केजीमा भारतका बरिन्दर सिंहले बंगलादेशका सुराकृष्ण चक्मालाई हराउँदै फाइनलमा नेपालका सनीलसँग स्वर्णका लागि भिडन्त पक्का गरे । यसैगरी ६९ केजीमा पाकिस्तानका गुल जाइबले बंगलादेशका मोहमद अब्दुर रहिमलाई हराए। ८१ केजी तौलमा पाकिस्तानका अर्वाइस अलि खानले श्रीलंकाका रुमेश सान्डाकेलुम वान्नी अराचचिगेलाई हराए। ९१ केजी माथिको भिडन्तमा भारतका नरेन्दरले श्रीलंकाका बुवानेका इरान्डा अड्काराम राल्लागेलाई हराउँदै नेपालका आशिष दुवादीसँग फाइनलमा भेट पक्का गरे।

सम्बन्धित समाचारहरु

ताजा समाचार