बुढीगण्डकी प्रभावितले जनप्रतिनिधिलाई गाउँ प्रवेश निषेध गर्ने

काठमाडौं, २०७६ मंसिर २३ ।

बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन् । उनीहरुले मुआब्जा कम भएको भन्दै आन्दोलन गरिरहँदा समेत एकवद्धता जनाउन नआएकाले जनप्रतिनिधिलाई त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको बताएका हुन् ।

आन्लदोलनरत धादिङ विशालनगर खहरेका सुमन धरेलले जनप्रतिनिधिलाई निषेध गरिएको बताउनुभयो । उहाँले हरेकदिन काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गर्दै आउँदा समेत सरकारले आफुहरुको मागप्रति कुनै चासो नदिएको बताउनुभयो ।

बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित गोर्खाको आरुघाट आर्खेत र धादिङ्को विशालनगर खहरे क्षेत्रको मुआब्जाको मूल्य निर्धारणमा पुर्नविचार गर्न माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले हरके दिन आन्दोलन गर्दै आएको छ । तर सरकारले अहिलेसम्म जनताको माग पुरा गर्न कुनै सुनुवाई नगरेको र जनप्रतिनिधिले समेत चासो नदिएकाले त्यस क्षेत्रमा जान प्रतिवन्ध गरिएको धरेलले बताउनुभयो ।

सरोकार समितिका अध्यक्ष दिनेश कुमार ढकालले सरकारले यसअघि धेरै कम मुल्य निर्धारण गरेकाले आन्दोलन गर्नुपरेको बताउनुभयो । उहाँले पुनः मूल्य निर्धारण नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।

बुढीगण्डकी प्रभावितले जनप्रतिनिधिलाई गाउँ प्रवेश निषेध गर्ने