छैटौँ महिनामा हङकङ आन्दोलन : आइतबार विशाल प्रदर्शन

हङकङ, २०७६ मंसिर २३ ।

हङकङमा सरकार विरोधी आन्दोलनकारीले आइतबार विशाल र्याली निकालेका छन् । आइतबार दशौं हजार मानिस प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले यहाँकी कार्यकारी प्रमुख क्यारी लामको राजीनामा पनि माग गरेका छन् ।

यससँगै हङकङको आन्दोलन छैटौँ महिनामा पुगेको छ । अमेरिकाले समर्थन दिएपछि हङकङ आन्दोलनले निर्णयक रुप लिने तयारीमा छ । अघिल्लो हप्ता मात्रै अमेरिकाको प्रशंसा गर्दै आन्दोलनकारीले त्यहाँका राष्ट्रपति डोनल्ड ट्रम्पलाई धन्यवाद भन्दै नारावाजी समेत गरेका थिए ।

तर चीनको प्रतिक्रिया भने अमेरिकाको इच्छा प्रतिकुल थियो । प्रमुख क्यारीले भने प्रदर्शनमा हिंसा हुन नहुने शर्त गर्दैआएकी छन् । अघिल्लो साता चुनाव समेत गरिएको छ । जहाँ प्रजातन्त्रवादी शक्तिले जितेको छ । सोही विजय स्वरुप विशाल प्रदर्शन निकालेको बताइएको छ ।
एजेन्सी

छैटौँ महिनामा हङकङ आन्दोलन : आइतबार विशाल प्रदर्शन