#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20072612734818640774812930046
नेपाल2331079673816493

राजस्व लक्ष्य पूरा नहुने संकेत : चार महिनामा २ खर्ब ८१ अर्ब राजस्व संकलन

काठमाडौं, २०७६ मंसिर २३ ।

सरकारको राजस्व लक्ष्य पूरा नहुने संकेत देखिएको छ । चालू आर्थिक वर्षको चार महिना बित्दा पनि राजस्व संकलन २५ प्रतिशत छ । सरकारले चालू आवमा कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार हालसम्म २ खर्ब ८० अर्ब ८४ करोड ९० लाख रुपैयाँ मात्र संकलन भएको छ । करतर्फ १० खर्ब ९ अर्ब १६ करोड १८ लाखको लक्ष्यमा २६ दशमलव १२ प्रतिशत मात्र उठेको छ ।

आइतबारसम्ममा जम्मा २ खर्ब ६३ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यसैगरी, गैरकरतर्फ पनि कुल बजेट लक्ष्यको १६ दशमलव ७९ प्रतिशत मात्र उठेको छ । चालू आवको बजेटले १ खर्ब २ करोड ८७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमध्ये हालसम्ममा १७ अर्ब २७ लाख ५५ हजार रुपैयाँ मात्र राजस्व गैरकरतर्फ उठेको छ ।

डिजेल, पेट्रोल, सिमेन्ट क्लिंकरलगायतका वस्तुको पैठारीमा आएको कमीको प्रभाव भन्सार बिन्दुमा पर्दा राजस्व संकलनमा कमी आएको अर्थ मन्त्रालयको दाबी छ । यसकारण गर्दा भन्सार महसुलमा पनि गतवर्षको तुलनामा कमी आएको छ । चालू आवमा सरकारले भन्सार महसुलबाट २ खर्ब १३ अर्ब २० करोड संकलन गर्ने लक्ष्य राखेकामा हालसम्ममा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र उठेको छ । यो गत आर्थिक वर्षको पहिलो चौमासिकको तुलनामा ३ अर्बले कमी हो । गत वर्षको कात्तिकसम्म ५४ अर्ब २० करोड भन्सार महसुल संकलन भएको थियो । अहिले पनि सोही अवधिसम्ममा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र भन्सार महसुल उठेको छ ।

यद्यपि, राजस्व संकलनको अवस्था भने उत्साहप्रद रहेको अर्थ मन्त्रालयको दाबी छ । यसअवधिमा आयकर तथा आन्तरिक मूल्य अभिवृद्धि करको संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा क्रमशः २५.५ प्रतिशत र २९.४ प्रतिशतले वृद्धि भएको छ ।

मूल्य अभिवृद्धि कर भने गतवर्षको कात्तिकसम्मको तुलनामा ४ अर्ब रुपैयाँ बढी उठेको छ । गत वर्षको साउनदेखि कात्तिकसम्ममा ८० अर्ब ४४ करोड रुपैयाँ उठेकामा यस वर्ष ८४ अर्ब ५९ करोड रुपैयाँ उठेको छ । जसमा आन्तरिकबाट ३५ अर्ब ६३ करोड उठेको छ भने पैठारीबाट ४८ अर्ब ९६ करोड उठेको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

पैठारीतर्फको मूल्य अभिवृद्धि कर भने गत वर्षको तुलनामा ३ अर्बले कमी भएको छ ।अन्तःशुल्कमा भने गत वर्ष र यसपालि समान रूपमा कर उठेको छ । गत वर्ष ४३ अर्ब ८४ करोड उठेको थियो भने यसपालि ४३ अर्ब ७ करोड रुपैयाँ उठेको छ ।
राजधानीबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार