#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व20074993734889640847812931626
नेपाल2331079673816493

आज १३ खेलमा प्रतिस्पर्धा हुने

काठमाडौं, २०७६ मंसिर २३ ।

१३ औैँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत आज १३ वटा खेल हुँदैछन् । आज हुने खेलहरुमा क्रिकेट, फुटबल, जुडो, पौडी, सुटिङ, स्क्वास, टेनिस, आर्चरी, बास्केटबल, बक्सिङ, फेन्सीङ र कुस्ती लगायत छन् । कुस्ती खेल जनकपुरमा हुनेछ भने महिला फुटबलको फाइनल पोखरा रंगशालामा हुनेछ । महिला फुटबलको स्वर्ण पदकका लागि नेपाल र भारत भिड्ने छन् ।

कीर्तिपुरको क्रिकेट मैदानमा पुरुष क्रिकेट टिमको स्वर्ण पदकको छिनोफानो हुँदैछ । स्वर्ण पदकका लागि श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्दा कास्य पदकका लागि नेपाल र माल्दिभ्स भिड्ने तयारीमा छन् ।

यस्तै बक्सिङमा आज ८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । आर्चरीमा पनि ४ स्वर्ण पदकको छिनोफानो लाग्ने छ । सुटिङमा आज एउटा स्वर्ण पदकको टुंगो लाग्ने छ । टेनिसमा महिला र पुरुषको सिंग्ल्स तर्फको स्वर्ण पदकका लागि भिडन्त हुँदैछ । कुस्ती, जुडो, पौडीमा पनि स्वर्ण पदकको छिनोफानो लाग्न बाँकी छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार