कांग्रेसबाट बागी उठेका उपनिर्वाचन क्षेत्रका नेताहरूको कारबाही फुकुवा

कांग्रेसबाट बागी उठेका उपनिर्वाचन क्षेत्रका नेताहरूको कारबाही फुकुवा


नेपाली काँग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेतामाथि गरिएकाे कारबाही फुकुवा गरेको छ।

आईतवार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको अनुशासनको कारबाहीमा परेका उपनिर्वाचन हुने तीन क्षेत्रका नेताहरुलाई पुरानै क्रियाशील सदस्यताको निरन्तरता हुनेगरी कारबाही फुकुवा गर्ने निर्णय गरेको पार्टीका सहमहामन्त्री बद्रिप्रसाद पाण्डेले जानकारी दिए । 

सो क्रममा पूर्वसहमहामन्त्री जोशीसहित जगन्नाथ पौडेल, केन्द्रीय सदस्य दिनेश कोइरालामाथि गरिएकाे कारबाही फुकुवा भएकाे हो । पौडेलले गत वैशाखमा भएको चुनावमा भरतपुर महानगरपालिकाको मेयर रेनु दाहालविरूद्ध बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए । 

त्यस्तै, २०७४ को निर्वाचनमा तनहुँ–१ मा तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए । त्यसपछि पौडेल पराजित पुगे । हाल उनी राष्ट्रपतिमा निर्वाचित भइसकेका छन् । 

साथै तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध साविक चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा चुनावमा विरुद्ध विकासले बागी उम्मेदवारी दिएका थिए। त्यसपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो। तत्कालीन पार्टी सभापति कोइरालाको निधन भइसकेको छ । 

त्यसैगरी २०७९ को निर्वाचन बेलाको हकमा भने उपनिर्वाचनमा नेताहरुले खेलेको भुमिकालाई हेरेर पछि निर्णय लिने उनको भनाई थियो । 

साथै सहमहामन्त्री पाण्डेले बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई बधाई दिने प्रस्ताव पारित गर्नुका साथै राष्ट्रपतिको स्वास्थ्यलाभको कामना गर्ने निर्णय गरेको बताए । बैठकले अघिल्लो कार्य सम्पादन समितिमा पार्टीको कार्यालय सञ्चालनको लागि प्रश्तुत भएको निर्देशिका र विनियमावली, प्राप्त सुझाव समेट्नेगरी पारित गर्ने निर्णय गरेको छ । 

Logo