टीभीएसको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा नगद छुट, ब्याज पनि नलाग्ने

टीभीएसको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा नगद छुट, ब्याज पनि नलाग्ने


टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागी आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षको अवसरमा आकर्षक अफर सार्वजनिक गरेको छ । 

‘स्टार्ट योर जर्नी विथ टीभीएस’नामक यस अफरअन्तर्गत ग्राहकले टीभीएसको जुनसुकै मोटरसाइक तथा स्कुटर खरिद गर्दा नगद छुट, हेल्मेट उपहार, शून्य प्रतिशत व्याजदरको सुविधा र एक्सचेन्जमा अतिरिक्त मूल्यांकन पाउनेछन् ।

मोटरसाइकलमा ८ हजार र स्कुटरमा ७ हजार रुपैयाँसम्मको नगद छुटको व्यवस्था मिलाइएको छ । साथै अपाचे सिरिजमा ५ हजार रुपैयाँ मूल्य पर्ने हेल्मेट ग्राहकले निशुल्क पाउनेछन् भने फाइनान्स सुविधामा वाइक खरिद गर्न चाहने ग्राहकले शून्य प्रतिशत व्याजदरको सुविधा पाउने कम्पनीले जनाएको छ । 

त्यसैगरी ग्राहकले आफूसँग भएको जुनसुकै पुरानो मोटरसाइकल तथा स्कुटरसँग टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर एक्सचेन्ज गर्दा बजार मूल्यांकनमा अतिरिक्त १० हजार रुपैयाँ थप हुने व्यवस्था मिलाइएको छ । 

कम्पनीका अनुसार यो अफर देशभर रहेका टीभीएस सोरुममा लागू हुनेछ । 

Logo