गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिवद्ध -उपप्रधानमन्त्री श्रेष्ठ

गणतन्त्रलाई कमजोर पार्ने गतिविधि हुन नदिन सरकार प्रतिवद्ध -उपप्रधानमन्त्री श्रेष्ठ


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने कुनै पनि गतिविधि मुलुकमा हुन नदिन सरकार दृढ र प्रतिवद्ध रहेको बताएका छन् । 

जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सो उपलब्धिलाई गुम्न नदिन सरकार दृढ रहेको उपप्रधामन्त्री श्रेष्ठको भनाई थियो । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाको बाँकि कामलाई सम्पन्न गर्नका लागि संक्रमणकालीन न्यायको कामलाई पूरा गर्ने काममा पनि सरकार गम्भिर रहेको बताए । 

‘यो व्यवस्थालाई कमजोर पार्ने वा यसका उपलब्धिहरुमाथि धावा बोल्ने काम गर्न नदिन सरकार दृढ र प्रतिवद्ध छ । हामीले शान्ति प्रक्रियाको बाँकि काम पनि पूरा गर्नुछ । शान्ति प्रक्रियाको दुई वटा कार्यभार हामीले पूरा ग-यौं ।’ उनले भने, ‘पहिलो र मुख्य कार्यभार राजनीतिक कार्यभार थियो । त्यो राजनीतिक कार्यभार भनेको संविधानसभाबाट संविधान बनाएर संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई संस्थागत गर्नु थियो । त्यो काम हामीले मूलभूत रुपमा पूरा ग-यौं । त्यो काम पूरा गरेर राजनीतिक कार्यभार पूरा ग-यौं । दोस्रो प्राविधिक कार्यभार थियो । त्यो जनमुक्ति सेना वा माओवादी लडाकुहरुको समायोजन र व्यवस्थापनको कार्यभार थियो । त्यो पनि हामीले पूरा ग-यौं ।’ 

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानवीन आयोगलाई कार्यान्वयनको प्रक्रियामा लगेर सो समस्या समाधान गर्ने सरकारको योजना रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  सरकारले जनताको जीवनमा परिवर्तन ल्याउनका लािग विकास र समृद्धिको अभियानलाई तीव्रता दिने लक्ष्य लिएको पनि उनले बताए ।

Logo