को हुन् एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठ ? [भिडियाे]

को हुन् एफएनसीसीआईकाे वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका अञ्जन श्रेष्ठ ? [भिडियाे]


अञ्जन श्रेष्ठ नेपालको एक सफल व्यवसायी हुन् । नेपालको ठूला व्यवसायिक गृह लक्ष्मी ग्रुपको नेतृत्व सम्हालेका श्रेष्ठले यही चैत २८ र २९ गते हुने नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । 

अहिले सुजल फुड सबैभन्दा ठूलो उत्पादन कम्पनी बन्न सफल भएको छ ।

नेपालको व्यवसायिक क्षेत्रमा महत्वपूर्ण भूमिका निवार्ह गर्न सफल भएका श्रेष्ठ सामान्य परिवारबाट आएका हुन् । अभिभावकले ३ सय रुपैयाँबाट सुरु गरेको व्यापारलाई आफैले नेतृत्व लिएर सुजल फुड नामबाट उत्पादन सुरु गरे । अहिले सुजल फुड सबैभन्दा ठूलो उत्पादन कम्पनी बन्न सफल भएको छ । यसका साथै, डेरी उद्योग, प्याकेजिङ उद्योग, अटो मोबाइल ट्रेडिङ, पूर्वधारको क्षेत्र, स्टिल म्यानिफेक्चरिङ, कृषि तथा उत्पादन क्षेत्रमा आवद्ध भई उनले नेपालको व्यवसायी क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । 

श्रेष्ठले २० वर्ष अगाडिदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भई काम गरेका छन् ।

यति मात्र होइन श्रेष्ठले २० वर्ष अगाडिदेखि नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध भई काम गरेका छन् । उद्योग समितिको सदस्यको रुपमा प्रवेश गरेका उनले ५ वर्षको लागि वाणिज्य समितिको सदस्य, राजस्व समितिको सदस्य, रोजगार दाता परिषद्को सदस्य भएर काम गरे । त्यसपछि उनले सफलताको फड्को मार्दै कार्यसमितिमा प्रवेश गरे । 

कार्यसमितिको १५ वर्षको यात्रामा श्रेष्ठ ४ कार्यकाल राजस्व समितिको सहसभापति भए । पछिल्लो कार्यकाल उद्योग समितिको  सभापति भएरसमेत काम गरिसकेका छन् भने अहिले एफएनसीसीआईकै वस्तुगततर्फबाट उपाध्यक्ष हुन् । 

व्यवसायीको पिडा बुझ्ने व्यक्तित्व भएका उनी बैंकको व्याजविरुद्धको आन्दोलनमा व्यापारीसँगै सडकमा उत्रिएका थिए ।

उनले २० वर्ष एफएनसीसीआईमा काम गर्दा व्यवसायीहरुको समस्या समाधान गरी आफ्नो लोकप्रियता कमासकेका छन् । व्यवसायीको पिडा बुझ्ने व्यक्तित्व भएका उनी बैंकको व्याजविरुद्धको आन्दोलनमा व्यापारीसँगै सडकमा उत्रिएका थिए । उनी व्यवसायीको हरेक समस्या बुझेर समाधान गरी आफ्नो राम्रो छवि बनाउन सफल भएका छन् । 

समयअनुसार परिवर्तन लिन सक्ने क्षमता भएका श्रेष्ठले विगतमा गरेको काम र योगदानले नै बुझ्न सकिन्छ की उनी व्यापारीको हकहितमा काम गर्न सक्ने सक्षम व्यवसायी हुन् । 

Logo