#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19817570729748635821412729608
नेपाल2259273620616313

बोक्साको आरोपमा वडाध्यक्षलाई  मलमुत्र खुवाउने प्रयास गर्दै जुत्ताकाे माला

चितवन, २०७६ मंसिर २३  ।  इच्छाकामना गाउँपालिका-२ चितवनका वडाध्यक्ष पञ्चबहादुर पुर्जामाथि बोक्साको आरोप लगाउँदै स्थानीयले कुटपिट गरेका छन् । उनलाई कालोमोसो र जुत्ताको माला समेत लगाएका छन् ।

वडा कार्यालयमा नेपाली कांग्रेसका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए । तालबन्बी गरेर विवाद उत्पन्न भएपछि  उत्तरकुमार गुरुङ सहितको समूहले वडाध्यक्षलाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका हुन् । उनीहरूले बोक्सा भएको आरोप लगाउँदै मलमुत्र पनि खुवाउन खोजेका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले उत्तरकुमार गुरूङ र बिर्खबहादुर गुरूङलाई पक्राउ गरेकाे छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार