#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व19785628728559635139812705671
नेपाल2259273620616313

३४ वटा उजुरी दर्ता हुँदा एउटा पनि किनारा लागेन

काठमाडौं, २०७६ मंसिर २३ ।  कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा दर्ता भएका कुनैपनि उजुरीमाथि अहिले सम्म छलफल नभएको सांसदहरूले बताएका छन् ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले ३४ वटा उजुरी दर्ता भएकोमा कुनैपनि उजुरीमाथि छलफल हुन नसकेको बताएका हुन् । समितिका सभापति पूर्णकुमारी सुवेदीले यसअघि सांसद महेस बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरी छलफल गर्न खोजिएपनि बैठक बस्न नसकेको बताइन् । त्यसैले अब नयाँ उपसमिति गठन गरी काम गर्नुपर्ने उनले बताइन्। त्यस्तै समितिले वन तथा वातावरण मन्त्रालय, कृषि तथा पशुपन्छि विकास मन्त्रालय, भूमि, सहकारी तथा गरीवी निवारण मन्त्रालय तथा जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका ऐन, नियमावली तथा समस्या र उजुरी सम्बन्धमा पनि छलफल अगाडि बढाउने भएको छ ।

समितिको आन्तरीक तयारी गर्ने सम्बन्धमा बसेको बैठकमा सांसदहरूले सिंचाईलाई प्राथमिकता दिएर छलफल अगाडि बढाउनुपर्ने बताए । त्यस्तै किसानले मल नपाएको अवस्थाको अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिन ढिलाई गर्न नहुनेमा सांसदहरुले जोड दिए ।

सांसद हरिबोल गजुरेलले विभिन्न सडक निर्माण गर्ने काममा भूमिको जथाभावी प्रयोग बढेकाले त्यसमा आवश्यक अनुगमन गरी सम्बन्धीत मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताए ।

सम्बन्धित समाचारहरु

ताजा समाचार