प्रशिक्षक हरि खड्काद्वारा राजीनामा, २ खेलाडीले लिए सन्यास

काठमाडौं, २०७६ मंसिर २३ । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै  महिला फुटबल प्रशिक्षक हरी खड्काले राजीनामाको घोषणा गरेका छन् ।

पोखरामा भएको फाइनल हारसँगै नेपालले तेस्रो पटक रजतमा चित्त बुझाउनु परेको छ । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै खड्काले भने, ‘गोल्डको टार्गेट लिएर हिँडेको हुँ । यो पुरा गर्न नसक्दा मैले नैतिकताका आधारमा मुख्य प्रशिक्षकबाट राजीनामा दिएको छु ।’

(साग)मा स्वर्ण चुम्ने सपना टुटेसँगै नेपाली महिला फुटबल टिमका दुई खेलाडीले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् । टिमका कप्तान निरु थापा र डिफेन्डर मनमाया लिम्बूले खेलबाट संन्यास लिएको घोषणा गरेका हुन्। निरु थापाले टिमको कप्तानी सँगै फर्वाडर खेल्थिन भने लिम्बू डिफेन्डर हुन् ।

ताजा समाचार

प्रशिक्षक हरि खड्काद्वारा राजीनामा, २ खेलाडीले लिए सन्यास