नेपालले जित्यो ४८ औं स्वर्ण पदक

काठमाडौं , २०७६ मंसिर २३। नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुदमा जुडोकी पुनम श्रेष्ठले स्वर्ण पदक जितेकी छन् ।

सोमबार लगनखेलस्थित आर्मीको हलमा भएको खेलमा पुनमले नेपाललाई स्वर्ण दिलाएकी हुन् । उनले बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।  याे सँगै १३औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले ४८ औं स्वर्ण पदक हात पारेको छ ।

यस अघि भएको बक्सिङमा भारतलाई हराउँदै नेपाली मिनु गुरुङले स्वर्ण जितिन् । सागमा नेपालको २० वर्षपछि बक्सिङमा पहिलो स्वर्ण जितेको हो । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जिटेकी हुन् ।

यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो । सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो ।

त्यस्तै ६४ केजी तौल समूहमा भारतका कौसिक मनिषलाई हराउंदै भुपेन्द्र थापाले स्वर्ण पदक जितेका हुन्।

ताजा समाचार

नेपालले जित्यो ४८ औं स्वर्ण पदक