ग्लोबल आईएमई बैंकले ग्राहकहरुका लागि ल्यायाे ‘हृयाप्पी आवर्स’ योजना

ग्लोबल आईएमई बैंकले ग्राहकहरुका लागि ल्यायाे ‘हृयाप्पी आवर्स’ योजना


ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि हृयाप्पी आवर्स योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत बैंकका ग्राहकहरुले ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । बैंकले मोबाइल बैंकिङ्ग एप्लिकेशन– ग्लोबल स्मार्ट प्लसबाट गरिने भुक्तानी प्रकृयालाई प्रवर्द्धन गर्नका लागि यो क्यासब्याक योजना सार्वजनिक गरेको हो । 

यस हृयाप्पी आवर्स योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट अनलाइन भुक्तानी गर्दा ग्राहकहरुले क्यासब्याक पाउनेछन् । २०७९ साल चैत्र १९ देखि २०८० वैशाख १६ गतेसम्म विशेष रुपमा चल्ने यस योजनामा प्रति ग्राहक  प्रति दिन एक कारोबारको क्यासब्याकका लागि योग्य हुने बैंकले जनाएको छ ।  

यस योजनाअन्तर्गत निम्नानुसार क्यासब्याक उपलब्ध हुनेछ-

Captureग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । मुलुकको लगभग सबै वित्तीय सूचकाङ्कहरुमा पहिलो बैंकले ३६४ शाखा कार्यालय, ३६३ एटिएम, ३२१ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Logo