शाकिब अल हसनले छोडे आइपिएल

शाकिब अल हसनले छोडे आइपिएल


बंगलादेशका अलराउन्डर शाकिब अल हसनले आइपिएल छोडेका छन् । शाकिबले कोलकोता नाइट राइडर्सबाट आफ्नो नाम फिर्ता लिएका छन् । शाकिबले आइपिएल नखेल्ने जानकारी गराएपछि कोलकोताले उनको सब्सटिच्यूट खोजिरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

शाकिबले आफ्नो व्यक्तिगत कारण र आफ्नो देशको क्रिकेट खेल्न जारी इण्डियन प्रिमियर लिग (आइपिएल) बाट बाहिरिएका हुन्।बंगलादेशको आयरल्याण्डविरुद्ध टेस्ट खेल मंगलबारदेखि हुने भएपछि शकिब टेस्ट खेल्न बंगलादेश गएका हुन्। शाकिबसँगै अर्का ब्याट्सम्यान लिटन दासले पनि राष्ट्रिय टिमबाट खेल्न आइपिएल गुमाएका छन् ।
 

Logo