उपनिर्वाचनका लागि चितवन-२ मा २४ जनाले गराए उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि चितवन-२ मा २४ जनाले गराए उम्मेदवारी दर्ता


आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि चितवन–२ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।  

चितवन-२ मा १२ राजनीतिक दलका प्रतिनिधि र १२ जना स्वतन्त्र ब्यक्तिहरुले उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा रास्वपा, काँग्रेस, एमालेसहित राप्रपा, जनमत, नेमकिपा लगायतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारमध्ये २ जना महिला रहेका छन् । निर्वाचन आयोगले आज उम्मेदवारविरुद्ध दाबी विरोधको लागि समय छुट्टाएकाे छ ।  
 

Logo