चैत २७ गते माओवादी घटकले अन्तर्क्रिया गर्ने

चैत २७ गते माओवादी घटकले अन्तर्क्रिया गर्ने


माओवादी विचार धारा बोकेका दलहरूले आगामी चैत २७ गते अन्तर्क्रिया गर्ने भएका छन् । शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तर्क्रिया गर्ने भएका हुन्।

माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी,  प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् । 

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत, गोपाल किराती नेतृत्वको पार्टी र सन्तबहादुर नेपाली नेतृत्वको पार्टी मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी धारको बैठकमा अनुपस्थित हुने गरेका छन् । आगामी २७ गते हुने कार्यक्रम बोलाए पनि उपस्थित हुने वा नहुने विषयमा टुङ्गो नलागेको यो समूहले बताएको छ ।

Skip This
Logo