रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ?

रेड्मी नोट १२ सिरिज नेपाली बजारमा, कति पर्छ मूल्य ?


ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट १२ सिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । 

कम्पनीको रेड्मी नोट १२ र रेड्मी नोट १२ प्रो ५जी गरी दुई वटा फोनहरू समावेश गरिएको सिरिजमा मल्टिटास्किङ अनुभव प्रदान गर्ने, फोटोग्राफी, गेमिङ, अडियो र स्ट्रिमिङमा सहज र प्रभावकारी हुने कम्पनीले जनाएको छ ।

रेड्मी नोट १२ प्रो ५जी मिडियाटेक डाइमिन्टी १०८० प्रोसेसरद्वारा सञ्चालित, कनटेन्ट क्रेटर खेल र ५जी जडानको लागि प्रभावशाली रहने जनाइएको छ । स्मार्टफोनमा ५ हजार एमएच ब्याट्री जडित रेड्मीमा ६७ वाटको चार्जिङ डाप्टरको साथ उपलब्ध रहेको छ । 

त्यस्तै, फ्ल्यागशिप ६७ टर्बो चार्जिङले १५ मिनेटमै दिनभरको लागि पावर ब्याकअप प्रदान गर्नेछ । ५० एपी ट्रिपल क्यामेरा सेटअप, जसको मुख्य क्यामेरामा रहेको आइएमएक्स ७६६ सेन्सरले विशेष हाई–एन्ड फोन सुविधा दिन्छ । यसमा भएको  १ दशमलव ० युएम ठूलो पिक्सेल साइजको साथ प्रयोगकर्ताहरुले सोँचे जस्तै फोटो खिच्न र सहज रूपमा रेकर्ड गर्न मद्धत गर्दछ ।

रेड्मी नोट १२ को मूल्यको सुरुवात २२ हजार ९ सय ९९ रुपैयाँबाट सुरु भएको छ । २४ हजार ९ सय ९९ रुपैयाँ र २६ हजार ९ सय ९९ रुपैयाँ रहेको छ । रेड्मी नोट १२ प्रो ५जी मूल्य क्रमशः ३८ हजार ९ सय ९९ रुपैयाँ र ४१ हजार ९ सय ९९ रुपैयाँ रहेको छ ।

रेड्मी नोट १२ नेपालभरमा उपलब्ध भैसकेको छ ।

Logo