अर्थतन्त्रमा देखिएको समस्या निजी नभई देशकै हाे – अध्यक्ष गोल्छा

अर्थतन्त्रमा देखिएको समस्या निजी नभई देशकै हाे – अध्यक्ष गोल्छा


नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले अहिले अर्थतन्त्रमा देखिएको समस्या निजी क्षेत्रको मात्र नभई देशकै भएको बताएका छन् ।

न्यून राजस्व सङ्कलन, रोजगारीका लागि विदेशिनेको सङ्ख्या बढ्नु, चर्को मुद्रास्फीतिलगायत समस्या समाधानका लागि सबै निकाय र क्षेत्र गम्भीर हुनुपर्ने गोल्छाको भनाइ छ ।

कोभिड-१९ महामारीका कारण समस्यामा परेको अर्थतन्त्रलाई उकास्नका लागि राष्ट्र बैंकका लचिला नीति पछि एकैपटक कडा बनाउँदा त्यसको असर बजारमा देखिएको उनको भनाइ छ।

राप्रपा नेपालले आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष गोल्छाले भने-“अहिले कोही त्यस्तो व्यक्ति छैन, जो समस्या नभोगिरहेको होस्। यो निजी क्षेत्रको मात्र होइन, राष्ट्रको पनि समस्या हो”, अध्यक्ष गोल्छाले भने। निजी क्षेत्रले अहिलेको जस्तो समस्या यसअघि कहिल्यै नदेखेको उनले बताए।

त्यस्तै नेपाल राष्ट्र बैंकले पुनर्कर्जाका रुपमा उपलब्ध गराएको एक खर्ब रकमको उचित व्यवस्थापन नभएको पनि गोल्छाको तर्क छ। 
अहिले तरलता अभावका कारण ब्याजदर महँगो भएको र बैंक तथा वित्तीय संस्थाको खराब कर्जासमेत बढ्दै गएको गोल्छाको भनाइ छ।

Skip This
Logo