रोनाल्डो चम्किदा अल नासारको सानदार जीत

रोनाल्डो चम्किदा अल नासारको सानदार जीत


अल नासरले अल एडालाहमाथि सानदार जित दर्ता गरेको छ । साउदी प्रिमियर लिगमा अल नासरले घरेलु टाेली अल एडालाहमाथि ५–० को सानदार जित दर्ता गरेको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी स्टेडियमा मंगलबार राति भएको खेलको ४०औँ मिनेटमा रोनाल्डोले पेनाल्टी सुट आउटवाट गोल गर्दै अल नासरलाई पहिलो हाफमा १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ५५औं मिनेटमा एन्डरसन टालिस्काले गोल गर्दै अल नासरको अग्रता दोब्बर पारे भने त्यसपछि निरन्तर अलनासारले गोलको बर्षा बर्षाउन थाल्यो ।  

६६औँ मिनेटमा रोनाल्डो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै टोलीलाई सहज जिततर्फ अघि बढाए। ७८औं मिनेटमा टालिस्काले पुन अर्को गोल थप पछि अल नासरले ४-० को फराकिलो अग्रता लियो। 

इन्ज्युरी समयमा एमन अहमदले गोल गर्दै अल नासरलाई ५–० फराकिलो अन्तरको जीत दिलाए। यस जितसँगै अल नासर २२ खेलबाट ५२ अंक जोडेर दोस्रो स्थानमा  छ भने पराजित अल एडालाह १७ अंक जोडेर १४ औं स्थानमा छ ।

Skip This
Logo