स्वर्णिम वाग्लेले मागे चुनावका लागि आर्थिक सहयोग

स्वर्णिम वाग्लेले मागे चुनावका लागि आर्थिक सहयोग


नेपाली कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ मा उम्मेदवारी दिएका स्वर्णिम वाग्लेले चुनाव लड्न आर्थिक सहयोग मागेका छन् ।

उनले निर्वाचन लड्न धेरैजना शुभचिन्तकले इच्छा गरेको उल्लेख गर्दै यसै प्रयोजनार्थ आफूले छुट्टै खातासमेत खोलेको बताएका छन् । उनले काठमाडौंस्थित सानिमा बैंकमा खाता खोलेर त्यही खातामा रकम सहयोग गर्न भनेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘तनहुँ १ को आसन्न उपनिर्वाचनमा आर्थिक सहयोग गर्न धेरैजना शुभचिन्तकले इच्छा गर्नुभएको छ । यसै प्रयोजनका लागि निम्न खाता (नयाँ) खोलेको छु। निर्वाचन आयोगले रु ३१ लाखको सीमा तोकेकोमा यसभन्दा धेरै पैसा जम्मा भए पूर्ण सार्वजनिक जानकारीसहित कानूनबमोजिम गर्नेछु ।’

Logo