महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले सार्वजनिक गरे वाचापत्र

महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले सार्वजनिक गरे वाचापत्र


नेपाल उद्योग वाणिज्य महासंघका (एफएनसीसीआई)का वरिष्ठ उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठले आफ्ना वाचापत्र सार्वजनिक गरेका छन् । 

बुधबार हात्तिसारस्थित अरण्य बुटिक होटलमा आयोजित एक कार्यक्रमबीच वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आगामी चैत २९ गते हुन लागेको एफएनसीसीआईको निर्वाचनका लागि आफ्ना वाचापत्र सार्वजनिक गरेका हुन् । उनले वाचापत्रमा अघिल्लो नेतृत्वले सुरु गरेका सुधारका कार्यहरुलाई निरन्तरता दिने, ब्यवसायीको समस्या सरकारका तर्फबाट सम्बोधन नहुने अहिलेको अवस्थालाई सुधार गर्ने, लगानी मैत्री वातावरण निमार्ण गर्ने र उद्योग प्रतिस्पर्धी क्षमता वृद्धि गर्नेलगायत विषय समेटेका छन् ।

साे अवसरमा बोल्दै उम्मेदवार श्रेष्ठले देशभरका व्यवसायी साथीको समस्यालाई समट्ने गरी उनीहरुकै सल्लाहबमोजिम वाचापत्र बनाएको बताएका छन् । वर्तमान अवस्थामा अर्थतन्त्र लथालिङ्ग भएको र व्यवसायीहरु पिडामा रहेको उनको भनाई छ । 

उनले भने, “अहिले व्यवसायीहरु धेरै पिडामा छन् । देशभर भ्रमण गरेर सबै व्यवसायीको भावना बुझेको छु भने साना र मझौला व्यवसायीको पनि समस्या बुझेको छु । त्यही अनुसार समस्या समाधान गर्ने मेरो प्रयत्न रहने छ ।”

विगत १० वर्षदेखि ब्याजदर र लगानी योग्य रकमको अभाव भएको पनि उनको भनाई छ । “१० वर्षदेखि यो समस्या आएको छ, उनले भने, सट फिक्सिङको हिसाबले जादा समस्या गहिरो हुँदै गयो र अहिले यो संकटको घडीमा आएका छौँ ।” उनको भने । 

वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले अर्थतन्त्रको हिसाबमा चुनौती रहेको अवस्थालाई मध्यनगर गरी सरकारलाई लगानी बढाउन पुँजी लगानी गर्न प्रेरित गर्ने बताए । तत्काल ब्याजदर घटाउन नियामक निकायसँग छलफल गर्ने र तरलताको व्यवस्थापन गर्न पहल गर्ने उनले प्रतिवद्धता पनि जनाए । 

उनको टिममा जिल्लानगरको तर्फबाट अरुणराज सुमार्गी, वस्तुगततर्फबाट मनिषलाल प्रधान रहेका छन् । यस्तै, एसोसिएटतर्फबाट उनले उमेशलाल श्रेष्ठका उम्मेदवार भरतराज आचार्यलाई समर्थन गर्ने जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष पदका प्रत्याशी श्रेष्ठको वाचापत्रको पूर्णपाठका लागि यस लिंकमा क्लिक गर्नुहोस्

Logo