विराटनगरको नो पार्किङ अभियानविरुद्ध व्यवसायीहरु आन्दोलित

विराटनगरको नो पार्किङ अभियानविरुद्ध व्यवसायीहरु आन्दोलित


विराटनगर महानगरपालिकाले लागू गरेको नो पार्किङ अभियानविरुद्ध विराटनगरका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

बुधबार पसलका सटरहरु बन्द गर्दै जलजला चोकमा भेला भएका व्यवसायीहरुले महानगरले व्यवसायीका विषयमा गम्भिर नभएको आरोप लगाउँदै नाराबाजी गरेका हुन् । नो पार्किङ अभियानले विराटनगरका व्यवसाय थप धरासायी भएको व्यवसायीहरुले दावी गरेका छन् । 

आन्दोलनका क्रममा यातायातका साधनहरु बजारक्षेत्रमा चल्न दिइएको छैन । महानगरले व्यवसायीका माग सम्बोधन नगरे भोलिदेखी झन् आन्दोलन चर्किने चेतावनीसमेत दिएका छन् ।

तर, महानगर भने नो पार्किङ अभियान कार्यान्वयन गर्ने निर्णयमा अडिग देखिएको छ । 

Logo