‘म राजनीतिक दलको नेता हैन, चुनावमा पुल बनाइदिन्छु भन्ने’ -उमेशलाल श्रेष्ठ

‘म राजनीतिक दलको नेता हैन, चुनावमा पुल बनाइदिन्छु भन्ने’ -उमेशलाल श्रेष्ठ


निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उद्योगी व्यवसायीहरु चुनावी महाभिडन्तमा छन् ।नयाँ नेतृत्व चयनका लागि चैत २८ र २९ गते वार्षिक साधारण सभा हुँदैछ । मिति नजिकिएसँगै महासंघ आवद्ध व्यवसायीबीच चुनावी सरगर्मी बढको छ । आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षसहितका विभिन्न पदमा प्यानल नै बनाए उम्मेदवारहरु चुनावी मैदानमा होमिसकेका छन् । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्थाले सबै उम्मेदवार जित हात पार्न चाहान्छन् । अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाईले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । जसमध्ये २ जना बहालवाला उपाध्यक्ष हुन् भने उमेशलाल श्रेष्ठ पूर्वउपाध्यक्ष हुन् । 

चुनावी मैदानमा उत्रिएकामध्ये उमेशलाल श्रेष्ठलाई पनि बलियो उम्मेदवारको रुपमा लिइएको छ । श्रेष्ठले क्वेष्ट फर्मास्युटिकल्सको नेतृत्व सम्हाल्दै आएका छन् । क्वेष्ट फर्मास्युटिकल्स नेपालको प्रमुख औषधी उत्पादन उद्योग हो । यस उद्योगले ६ सय जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ भने दैनिक ४० लाख ट्याबलेट औषधी उत्पादन गर्दै आएको छ ।

नेपालकै नम्बर वान औषधी उद्योगको नेतृत्व सम्हालिरहेका श्रेष्ठको चुनावी योजना कस्तो छ ? के कस्ता एजेन्डा लिएर चुनावी प्रतिस्पर्धामा छन् त ? यस्तै विषयमा केन्द्रित रहेर केन्द्रबिन्दुले उमेशलाल श्रेष्ठसँग कुराकानी गरेको छ । प्रस्तुत छ, श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

महासंघको चुनाव नजिकिदैँ छ, कत्तिको व्यस्त हुनुहुन्छ ?

–चुनावमा दौडधुप भइरहेको छ । उद्योगी साथीहरुसँग भेटघाट गर्ने क्रम जारी नै छ। अहिलेसम्म मैलै एक–दुई बाहेक अन्य सबै जिल्लाका मतदाता साथीहरुलाई भेटिसकेको छु । उनीहरुबाट राम्रो प्रतिकृया पाएको छु । 

उद्योग वाणिज्य महासंघमा तपाईंको उम्मेदवारी किन ?

तल्लो स्तरको ब्यापारीलाई समेटेर लैजाने कार्य निकै चुनौतीपूर्ण छ । तर, मलाई त्यस्ता चुनौतीहरु मनपर्छ । त्यसकारण म महासंघको नेतृत्व गर्न सक्षम छुँ ।

–एफएनसीसीआईलाई पहिला जस्तै उच्च सम्मान भएको संस्था बनाउनको लागि मैले उम्मेदवारी दिएको हुँ । केही समययता यस संस्थाको सम्मानमा गिरावट आएको छ । यस महासंघले तल्लो तहका उद्योग ब्यापारीहरुलाई समेट्न नसकेको गुनासो आइरहेको छ। म पनि तल्लो स्तरको ब्यापारी भएका कारण मैले महासंघको नेतृत्व लिने प्रयत्न गरेको हो । तल्लो स्तरको ब्यापारीलाई समेटेर लैजाने कार्य निकै चुनौतीपूर्ण छ । तर, मलाई त्यस्ता चुनौतीहरु मनपर्छ । त्यसकारण म महासंघको नेतृत्व गर्न सक्षम छुँ । 

तपाईं आफैले स्विकार्नु भयो उद्योग वाणिज्य महासंघको शाख गिर्दोछ भनेर, कसरी यस्तो अवस्था आयो ?

-हामीले कुर्सीको महत्व त बुझ्यौ तर कर्तव्य बुझेनौ। महासंघको वरिष्ठ उपाध्यक्षको कुर्चीमा बसेर गर्नुपर्ने कार्य चटक्कै बिर्सिएर आफूलाई फाइदा हुने काम गर्नतिर लागेपछि यस्तो समस्या आएको हो । पहिला एफएनसीसीआई एक सशक्त संस्था थियो । नेपाल सरकारपछिको सबै भन्दा ठूलो सञ्जाल भएकोसंस्था एफएनसीसीआई नै हो । हामी७७ जिल्ल्लासहित पालिका र गाउँपालिकामा पनि सक्रिय छौँ । यस्तो बेजोड इतिहास भएको महासंघलाई अहिले बुच्चे बनाइएको छ। स्वार्थको खेलले गर्दाले यस्तो भएको हो । सरकार र सरकारी निकायले पनि महासंघको समस्यालाई सम्बोधन गर्दैन् । त्यसैले म नेतृत्वमा जान लागेको हो । मैले यसलाई सुनौलो अवसरको रुपमा लिएको छु । 

एफएनसीसीआईले बैंकसँग ब्याजमा ऋण लिएर नतिर्ने सिन्डिकेड बढेको भन्ने छ नि ?

हामीले कहिले पनि व्याज र सावा तिर्दैनौँ भनेको छैनौँ । ऋण लिएपछि त्यो तिर्नुपर्ने हाम्रो कर्तव्य हो । तर, यति बेला ब्यवसायीहरु दोहोरो मारमा परेका छन् ।

-एफएनसीसीआईमा त्यस्तो मान्छे छैनन् । ब्याजमा ऋण लिएपछि नतिर्ने भन्ने हुन्न । हामीले कहिले पनि व्याज र सावा तिर्दैनौँ भनेको छैनौँ । ऋण लिएपछि त्यो तिर्नुपर्ने हाम्रो कर्तव्य हो । तर, यति बेला ब्यवसायीहरु दोहोरो मारमा परेका छन् । विशेष गरी साना तथा मझौला उद्योग व्यवसायीलाई समस्या भएको छ । ६/७ प्रतिशतमा लिएको ऋणको व्याज अहिले १४ प्रतिशत पुगेको छ । अर्कोतर्फ विभिन्न अन्तराष्ट्रिय र राष्ट्रिय आर्थिक मन्दीका कारण पनि ब्यवसायी मारमा परेका छन् । हामीले बैंकहरुसँग ब्याजदर घटाउने माग राखेका हौँ । राष्ट्र बैंकले सही भूमिका नखेल्दा यस्तो समस्या आएको हो । 

एफएनसीसीआईमा रहेर विगतमा काम गरेका केही व्यक्तिहरुका कारण सधै महासंघको निवार्चनमा हस्तक्षेपकारी भूमिका खेल्ने गर्छन् । यस्ता व्यक्तिहरुका कारणले महासंघको शाख गिरेको हो भन्ने कुरा सुनिएको छ नि ?

-कुनै पनि कम्पनी चलेन भनेर बाहिरको मान्छेलाई दोष दिने होइन् ।संस्थाको मूख्य व्यक्तिले जिम्मा लिनुपर्छ । एफएनसीसीआई एक अध्यक्षात्मक प्रणालीमा चल्ने संस्था हो । राम्रो भयो भने अध्यक्षले जस पाउँछ । तर, खराब भएमा अध्यक्षले नै गालि खाना तयार हुनुपर्छ। 

तपाईं चुनाव जित्छु भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

-चुनाव जित्नेमा मलाई पूरा विश्वास छ । विश्वस्त हुने आधार भनेको सबैभन्दा ठूलो ५० प्रतिशत मतभार जिल्लामा छ । जिल्लामा दिनेशश्रेष्ठको पकड एकदमै राम्रो छ । अर्को एसोसिएटतर्फ पनि राम्रो उम्मेदवार हुनुहुन्छ । वस्तुगतमा त मैरै पकड भएको ठाउँ हो । तर, साथीहरुले मत दिएपछिचुनाव जित्ने हो । मैले टिपेर लिने त हैन । तर, डेढ वर्षको सबै साथीहरुसँग भेटेर उहाँहरुले खोज्नु कुरा बुझेको छु । साथै कमजोरी पनि बुझेको छु । त्यसैले मैले के कुरा गर्नुपर्छ र के कस्ता सुधार ल्याउनु पर्छ भन्ने बुझेको कारण सबै ब्यवसायीले मलाई मत दिनेमा ढुक्क छु । 

एकपटक चुनाव हारे भन्दैमा म काम नै गर्न नसक्ने मान्छे त होइन् नि । प्रतिद्वन्द्वीले यस्ता कुरा नगरेको राम्रो हो । भ्रमको खेती गरी आफूले भ्रम पाल्न पनि पाइन्छ ।

तपाईंको प्रतिस्पर्धी, अघिल्लो वस्तुगतको निर्वाचनमा हजुरलाई पराजित गर्ने अञ्जन श्रेष्ठ र अर्को एसोसिएटमा जित्नु भएको उपाध्यक्ष रामचन्द्र संघाई हुनुहुन्छ । अघिल्लो पटक वस्तुगतको निर्वाचनमा मैले हराई सकेको हो, यसपटक पनि केही गाह्रो छैन्भन्ने भनाइलाई तपाई कसरी बुझ्नु हुन्छ ?

-भ्रममा बाँच्न पाइन्छ । हरेक बिहानी एक नयाँ दिन हो । चुनावमा कुन नेता हारेको छैन र ?हार र जित भनेको चुनावको प्रकृया हो । एक पटक मैले पनि हार बेहोर्नु परेको छ, त्यसलाई म सहजै स्विकार्न तयार छु । एक पटक चुनाव हारे भन्दैमा म काम नै गर्न नसक्ने मान्छे त होइन् नि । प्रतिद्वन्द्वीले यस्ता कुरा नगरेको राम्रो हो । भ्रमको खेती गरी आफूले भ्रम पाल्न पनि पाइन्छ । त्यसले त झन मलाई फाइदा हुन्छ । मैले काम गरेको छु भनेर मात्र हुँदैन । त्यसको परिणाम पनि आउनुपर्छ । उहाँ काम गर्ने ठाउँमा पनि भएका कारण गर्नु भयो होला तर काम गरेको प्रष्ट देखाउन सक्नुपर्छ । 

उद्योगी व्यवसायी समस्यामा हुँदा पनि महासंघको भूमिका राम्रो भएन भन्ने व्यापक जनगुनासो छ, यस्तो कुरामा महासंघको भूमिका किन देखिएन ?

नेपाल राष्ट्र बैंकले पूर्व सामान्ती जस्तो सोच राखी बैंकलाई मात्र हेरेर हुन्छ ? यस्तो भन्दै गर्दा बैंकले नाफा कमाउन हुन्न भन्ने मेरो मान्यता होइन ।

–त्यसैले त म महासंघको नेतृत्व गर्न चुनावी मैदानमा छु । व्यवसायीलाई गाह्रो परेको बेलामा साथ नदिने प्रविधि बढ्दै गएको छ । बैंकको ब्याजदरविरुद्धको आन्दोलनमा महासंघलेयसमा हाम्रो कुनै सम्बन्ध छैन् । त्यसैले हामी समर्थन पनि गर्दैनौँ र विरोध पनि गर्दैनौँ भन्यो । तर, धेरै दबाब परेपछिप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएर जसतो गरी फोटो लिनुभयो । अर्थमन्त्री र नेपाल राष्ट्र बैंकका गभर्नरसँग पनि त्यँही कार्य गर्नुभयो । तर, निष्कर्षमा पुर्याउन सक्नुभएन । हाम्रो संस्था कार्यपालिका होइन लविङ गर्ने संस्था हो । ज्ञापनपत्र बुझाउने भनेको लविङ होइन । हामीले राष्ट्र बैंक र सरकारलाई राखेर लविङ गर्न सकेको छैन । नेपाल राष्ट्र बैंकले पूर्व सामान्ती जस्तो सोच राखी बैंकलाई मात्र हेरेर हुन्छ ? यस्तो भन्दै गर्दा बैंकले नाफा कमाउन हुन्न भन्ने मेरो मान्यता होइन । बैंकले नाफा कमाउन पर्छ । बैंक छ त्यसैले हामी छौँ र हामी छौँ त्यसैले बैंक छ। बैंकसँग भएको ८० प्रतिशत पैसा त नेपाली जनताको नै हो । चाहे त्यो संस्थागत होस या व्यक्तिगत । त्यसैले बैंकलाई संरक्षण गर्नुपर्छ । तर, हाम्रो भनाई यति मात्र हो कि जसरी बैंकलाई संरक्षण गरिएको छ त्यसरीनै व्यवसायीलाई पनि संरक्षण गर्ने नीति ल्याउन पर्छ । वर्षौदेखि ट्रेडिङ याक्ट ल्याइदेउ भनेको त्यो पनि ल्याएको छैन् । 

अहिले भइरहेका फरक–फरक प्रविधिका आन्दोलनहरु जायज छन् त ? जस्तै, ब्याजदरको विषयलाई लिएर ?

-मलाई सुरुमै बैंक ब्याजदरविरुद्धको आन्दोलन गलत लागेको थियो ।चर्को ब्याजदरविरुद्ध आन्दोलनकोडिरेक्शन बैंकतिर भयो । मैलेमहासंघको अध्यक्षसँग कुरा गरी परिवर्तन गराएको थिए । ब्याजदर घटबड गर्नेराष्ट्र बैंकले हो । राष्ट्र बैंकले बैंकलाई र हामीलाई जोगाउने हो । हाम्रो आवाज राष्ट्र बैंकविरुद्ध उठ्नपर्छ भन्ने कुरा राखेपछि भेन्यु परिवर्तन भयो । सुरुमा बैंकविरुद्धको आन्दोलन देखिएपनि पछि राष्ट्र बैंकको नीति परिवर्तन गर्ने आन्दोलन गरिएको हो । 

विराटनगरमा १२ घण्टा लोड्सेनिङ हुँदा त्यो समस्यालाई तत्काल समाधान गर्न किन सडकमा उत्रिनुभएको छैन् त ?

महासंघमा आवद्ध भएर चुनाव लडेर जितेर अध्यक्ष बनेपछि आफ्नो सदस्य साथीलाई बाटोमा मिल्काउन त भएन नि । त्यसैले यी सब समस्या समाधान गर्न हामीले केही न केही गर्नुपर्छ ।

–त्यो नराम्रो पक्ष हो । हामीले सदस्यहरुको साथ दिन सकेनौँ । जब हामीले सदस्यहरुलाई खुशी राख्न सक्दौनौँ तव उनीहरुले पनि झापड हान्छन् । झापड खान तयार हुनपर्यो । महासंघ नै किन बनाएको ? सानो संघ बनाएर बसेको भएपनि हुन्थ्यो नि ? महासंघ भनेपछि त देश भरीको व्यवसायीको समस्या समाधान गर्नुपर्छ । महासंघमा आवद्ध भएर चुनाव लडेर जितेर अध्यक्ष बनेपछि आफ्नो सदस्य साथीलाई बाटोमा मिल्काउन त भएन नि । त्यसैले यी सब समस्या समाधान गर्न हामीले केही न केही गर्नुपर्छ । २–३ वर्ष हामी चुप नै छौँ । कुर्सीको कर्तव्य पूरा नगरी आफ्नो फाइदा हुने काममा धेरै ध्यान छ । आसेपासे खुसी बनाउने तिर लागिएको छ । जुन देशलाई घातक छ । सिदा भन्दा क्रोनी क्यापिटलीजम तिर लागौँ । 

यदी तपाईले महासंघको चुनाव जित्नुभयो भने गर्ने काम के हो ?

–हाम्रो खास एजेन्डा हुँदैन । नेता भएको भए म फलानो ठाउँमा पुल बनाउँछु, सडक चौडा गराइदिन्छु, भन्थे होला । महासंघले निजी क्षेत्रलाई सरकारसँग कसरी प्रस्तुत गराउने र यसको महत्त्व सरकारलाई कसरी बुुझाउँने भन्ने कुरामा चासो देखाउनु पर्ने हो । यो कुरा सरकारले नबुुझेको भन्ने होइन । उहाँहरुनिजी क्षेत्रको समस्याहरु  बुुझेर पनि नबुुझेको जस्तो गर्नुहुन्छ। त्यसैले यो प्रविधिलाई परिवर्तन गर्न जोड दिनु नै मेरो एजेन्डा हो । निजी क्षेत्रको कुरा सरकारले सुन्दिने हो भने सबै समस्या समाधान हुन्छ । हाम्रो ऐन नियमहरुसबैनिजी क्षेत्र विरोधी छन् । 

आर्थिक क्रान्तिको नारा दिने नेताले आर्थिक क्रान्ति गर्न पुरानो नीति राखेर हुन्छ ? सीएनएको अन्तर्वार्तामा पूर्वअध्यक्ष ज्यूले नेपालको कानून पढेपछि पागलले मात्र उद्योग गर्छ भन्नुभएको थियो।

अहिलेसम्म जंगबहादुर राणाले बनाएको ऐन नै कार्यान्वयनमा छ । त्यो ऐनलाई सरकारले परिवर्तन गर्न चाहेको छैन् । आर्थिक क्रान्तिको नारा दिने नेताले आर्थिक क्रान्ति गर्न पुरानो नीति राखेर हुन्छ ? सीएनएको अन्तर्वार्तामा पूर्वअध्यक्ष ज्यूले नेपालको कानून पढेपछि पागलले मात्र उद्योग गर्छ भन्नुभएको थियो। त्यो कुरा मलाईकही न कही हो जस्तो पनि लाग्छ ।नेपालमाव्यवसाय सीमित व्यक्तिको हातमा छ। त्यसैले अब आउने नयाँ पुस्तालाई व्यवसाय गर्न धेरै गाह्रो हुनेछ । 

महासंघमा प्यानलनै बनाएर चुनाव लड्नपर्छ भन्ने केही छ ? किनकि तपाईहरु पनि प्यानल बनाएर लड्दै हुनुहुन्छ र तपाईको प्रतिस्पर्धी उम्मेदवारले पनि प्यालन घोषणा गरेका छन् । महासंघ जस्तो निजी क्षेत्रले प्यानल बनाएर चुनाव लड्दा दीर्घकालीनरुपमा केही असर पर्छ कि ?

–हाम्रो संस्थामा त चुनावनै नभएको भए राम्रो हुन्थ्यो नि । हामी सबैको महत्त्वकांक्षा बढेको हुनाले चुनाव भएको हो । धेरै अगाडि देखिनै प्यानल हुने गरेको छ । पहिलापहिला चुनाव हुुँदैन थियो । राम्रो साथीले नेतृत्व गर्नुहुुन्थ्यो । चुनाव नभएको भए एकदम राम्रो हुन्थ्यो । तर, म चुनावदेखि डराउने मान्छे होइन । चुनावमा होमिएपछि हार जित त भइहाल्छ । 

तपाईंको अनुभवमा प्यानलसहित चुनाव लडेपछि महासंघको कार्यकालमा काम गर्दा कत्तिको समस्या हुन्छ ?

–बहुमत र अल्पमतको कुराले अलिअलि समस्या त भइहाल्छ । भोलि मैले चुनाव जितेर मेरो उपाध्यक्ष साथीहरुले पनि जित्नु भयो तर सदस्यमा सहज साथीहरु आउनुभएन भने काम गर्न अप्ठ्यारो हुन्छ नै । त्यही भएर पनि प्यानल राखेको होला । तर, मलाई यस संस्थामा चुनाव नभइदिए राम्रो हुन्छ जस्तो लाग्छ । त्यो गर्नलाई संस्थागत नीति परिवर्तन गर्न आवश्यक छ । हामीले पूर्वअध्यक्षहरुलाई विशेष केही जिम्मेवारी दिएको छैन् । वर्षको एक पटक साधारण सभामा बेलाएर माला लगाइदियो त्यतिमा सीमित छ । विधानभित्रै रहेर पूर्वअध्यक्षको काउन्सिल बनाएर लौजाने हो भने राम्रो हुन्थ्यो । विधानभित्रको काउन्सिलभयो भने उहाँहरुले सुझाव दिनसक्नु हुन्छ । 

योग्य व्यक्तिलाई छान्न सक्ने हो भने चुनाव गर्न आवश्यक नै छैन् । तर, अन्यले पनि मान्न पर्यो । किनकि विधानमा त चुनाव हुने भनेर लेखिएको छ । चुनावनै नगर्ने भन्ने कुरा त आएन । अहिले हामी तीन जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछौँ । चुनाव भएपछि प्यानल त भईहाल्छ । 

मलाई फोटो टाँस्ने रहर भएको भए सिहंदरवारमा टाँस्ने थिए । मलाई मौका नदिइएको पनि त हैन ।

आलोचना गर्नेहरु के भन्छन् भने– उमेशलाल श्रेष्ठलाई एक पटक फोटो राख्ने रहर भएर चुनाव लड्न खोज्दै हुनुहुन्छ, यसमा सत्यता छ ?

-मलाई फोटो टाँस्ने रहर भएको भए सिहंदरवारमा टाँस्ने थिए । मलाई मौका नदिइएको पनि त हैन । मैले म व्यवसायी हुँ, त्यसैले पार्टीमा लाग्दिन भनेर बसेको मान्छे हो । तर, मेरो प्रतिस्पर्धीलाई त्यो इच्छा छैन होला त ?

तपाईका प्रतिस्पर्धीहरुले उमेर भइसकेको नाताले गर्दा ६ वर्षे कार्यकाल मलाई छोड्देयौँ भनेर उमेशले भन्दै हुनुहुन्छ, भनेर विभिन्न अन्तर्वार्तामा भनेका छन् नी ?

–मैले त्यस्तो केही भनेको छैन् । यो सबै उहाँहरुको मनगणन काहानी हो । म योग्य व्यक्ति हुँ ।म नेतृत्व गर्न सक्षम छु । 

अर्को प्रतिस्पर्धी अञ्जन श्रेष्ठले संलग्नको आधारमा म सबै भन्दा सिनियर हो भन्नु भएको छ नि?

सिनियरले पाउने हो भने त चुनाव व्यवस्था राख्नु नै पर्दैन । उहाँ २० वर्षबाट यस क्षेत्रमा आवद्ध हुनुहुन्छ भने म त झन ३० वर्षदेखि यस क्षेत्रमा छु ।

–सिनियरले पाउने हो भने त चुनाव व्यवस्था राख्नु नै पर्दैन । उहाँ २० वर्षबाट यस क्षेत्रमा आवद्ध हुनुहुन्छ भने म त झन ३० वर्षदेखि यस क्षेत्रमा छु । मसँग ३ पटकसम्म च्याम्बर अफ कमर्सको अध्यक्ष भएर काम गरेको अनुभव छ । सिनियरको कुरा गरेर हुन्न । आफ्नो क्षमता देखाउने हो । यस्तो तल्लो स्तरको कुरा गरेर केही फाइदा छैन् । 

उमेशलाल श्रेष्ठको,अरु उम्मेदवार भन्दा म बेस्ट छु भन्ने आधार के छ?

–४५ वर्षको अनुभव नै मेरो आधार हो । अर्को आधार भनेको मैले जमिनबाट सुरु गरे । त्यसैले पनि मैले साना ठूला सबैको समस्या बुझ्छु । अर्को आधार मेरो इमान्दारिता पनि हो । म कुर्सी पाएपछि भोटर साथीहरुलाई विर्सने पक्षमा छैन । उनीहरुको हरेक कुरा सुन्ने छु । यसै इमान्दारिताले मलाई अरुभन्दा फरक पार्छ । 

महासंघको चुनावमा धेरै खर्च हुन्छ रे, राम्रो भनिएका व्यवसायी पनि धेरै खर्च हुन्छ, बाहिर नै बस्न ठिक हुन्छ भन्ने कुरा आयो नि ?

-अलिअलि खर्च त भइहाल्छ नि । तर यति नै हुन्छ भनेर भन्न सकिँदैन । व्यवसायीहरु देशभर भएका कारण विशेष गरी वरिष्ठ उपाध्यक्षले देशभर नै भ्रमण गर्नुपर्ने हुन्छ । मैले पनि ढेड वर्षदेखि देशभर भ्रमण गरिरहेको छु । त्यसैले पनि खर्च चै हुन्छ । तर यसलाई कम खर्चिलो बनाउने उपाय सोच्नुपर्छ । तर यो आज भनेर भोलि नै लागु हुने कुरा होइन् । यस सम्बन्धमाकुनै आचारसंहिता अहिलेसम्म आएको छैन् । 

Logo