न्युकासलसँग वेस्टह्याम पराजित

न्युकासलसँग वेस्टह्याम पराजित


युरोपेली च्याम्पियन्स लिग छनोट पछ्याइरहेको न्युकासल युनाइटेडले बुधबार इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्यामलाई ५-१ ले पराजित गरेको छ ।

वेस्ट ह्याम २७ अंकमा १६ औँ स्थानमा छ । न्युकासलका लागि कलम विल्सन र जोलिटनले दुई दुई गोल गरे। यस्तै एलेक्जान्डर इस्कले एक गोल थपे । यो जितसँगै न्युकासल तेस्रो स्थानमा रह्यो। उसको ५३ अंक भएको छ ।

म्यानचेस्टर युनाइटेड समान अंकमा चौथो स्थानमा छ । युनाइटेडले अर्को खेलमा ब्रेन्टफोर्डलाई १–० ले हरायो । उसका लागि मार्कस रसफोर्डले पहिलो हाफमा निर्णायक गोल गरेका हुन् ।

Logo