सञ्चार मन्त्रालयले माग्यो पुरस्कारका लागि आवेदन

सञ्चार मन्त्रालयले माग्यो पुरस्कारका लागि आवेदन


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कारका लागि मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको हो । इच्छुक सार्वजनिक संस्था/कार्यालय/कम्पनी तथा व्यक्तिहरूलाई वैशाख ७ गतेभित्र आवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।

नेपालमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धनका लागि सरकारले हरेक वर्ष मे २ तारिखलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको छ ।

उक्त दिवसको अवसरमा नेपालको सूचना तथा सञ्चार प्रविधिमा विशेष योगदान पुर्‍याउने व्यक्ति तथा संघसंस्थाहरूमध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार दिइने मन्त्रालयले जनाएको छ । 

 

Logo