सेती नदीमा हाम फालेकी महिला खोज्दा एक पुरुषको शव फेला

सेती नदीमा हाम फालेकी महिला खोज्दा एक पुरुषको शव फेला


कास्कीकाे माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव फेला परेको छ।

गुरुङको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।लामाचौर बस्ने ३१ वर्षीया अल्का गुरुङको खोजी गर्ने क्रममा विश्वबहादुरको शव फेला परेको हो।

अल्का मंगलबार पोखरा महानगरपालिका- १६ दीपस्थित केआइसिंह पुलबाट सेती नदीमा हाम फालेर बेपत्ता भएकी थिइन्। अल्का गुरुङको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

Logo