भारतीय क्रिकेटर सुधिर नायकको मृत्यु

भारतीय क्रिकेटर सुधिर नायकको मृत्यु


भारतीय क्रिकेटर सुधिर नायकको मृत्यु भएकाे छ। छोटो समय क्रिकेट खेलेका नायकको ७८ वर्षको उमेरमा मुम्बईमा मृत्यु भएको हो । 

उनले खेलाडी जीवन छाडेर प्रशासन र प्रशिक्षणमा संलग्न भएका थिए। उनी मुम्बईस्थित वानखेडे स्टेडियममा मुख्य क्युरेटरसमेत रहेका थिए।

नायकले भारतका लागि मात्र ३ टेस्ट र २ एक दिवसीय अन्तराष्ट्रिय खेलेका थिए। उनले भारतका लागि अन्तिम पटक सन् १९७५ मा इंग्ल्यान्डविरुद्ध खेलेका थिए।

Logo