मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु


ललितपुरको धोविघाटमा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु भएको छ। धोबिघाट ओरालोमा प्रदेश १-०३-००१ प १६६३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा नाम नखुलेका पुरुष पैदल यात्रुको मृत्यु भएको हो।

मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका-११ बस्ने २७ वर्षीय धनराज लिम्बुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

Logo