‘संघीयता कार्यकर्ता भर्ति केन्द्र बन्याे, अब ऋण लिएर प्रदेशलाई पाल्न सकिन्न’ -सांसद शाही

‘संघीयता कार्यकर्ता भर्ति केन्द्र बन्याे, अब ऋण लिएर प्रदेशलाई पाल्न सकिन्न’ -सांसद शाही


प्रतिनिधि सभा सदस्य ज्ञानबहादुर शाहीले वैदेशिक ऋण लिएर प्रदेशलाई पाल्नुपर्ने अवस्था आएको भन्दै संघीयताको बिरोध गरेका छन् । 

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य शाहीले संघीयता कार्यकर्ता भर्ति गर्ने ठाउँ भएको टिप्पणी गरेका हुन् । कहीँपनि नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भएको उनले बताए । 

उनले भने, ‘पाँच वर्षमा प्रदेशका नाममा १५ खर्ब ९९ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ गयो । यदी एक अर्ब बराबर ३०० जना कर्मचारी राख्न सकिन्छ भने जम्मा ४ लाख ८९ हजार ६०० जनाले रोजगारी सिर्जना गर्न सकिन्छ । म आग्रह गर्न चाहन्छु प्रदेश एउटा पहिचानका लागि चाहिन्छ । एउटा देश ठूलो भयो भने देशलाई केन्द्रिकरण गर्न चाहिन्छ । तर आज देशमा संघीयता कार्यकर्ता भर्ति गर्ने । कहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृति भयो । यसरी देश विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
 
प्रतिनिधि सभा सदस्य शाहीले विदेशबाट ऋण ल्याएको ल्याएकै गरेपनि हरेकदिन बेरोजगारी समस्या बढेको भन्दै यसको जवाफ हालसम्मका प्रधानमन्त्रीहरुले दिनुपर्ने बताए । 

Logo