सांसद सिंहको प्रश्नः बाकसमा फर्किएका नेपालीका परिवारबारे सरकारले के सोचेको छ ?

सांसद सिंहको प्रश्नः बाकसमा फर्किएका नेपालीका परिवारबारे सरकारले के सोचेको छ ?


राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि सरकारले कुनै काम गर्न नसकेको बताएका छन् । 

बिहीवारको प्रतिनधि सभाको बैठकमा बोल्दै सांसद सिंहले यस्तो दाबी गरेका हुन्  । उनले सरकारले विदेशबाट बाकसमा शव फर्किएका नेपालीहरुका परिवारका लागि के सोचेको छ ? भन्दै प्रश्न गरे । 

उनले विदेशमा रहेका नेपालीहरुले पैसा नपठाउने हो भने मुलुक श्रीलंका र पाकिस्तान भन्दा अगाडि नै असफल मुलुक हुने दाबी गरे । सरकारले अयोग्य लडाकुलाई करोडौं रुपैयाँ बाँड्न सक्ने सरकारले विदेशबाट अंगभंग भएर फर्किएका नेपालीहरुका लागि कुनै काम गर्न नसकेकोप्रति उनले दुःख व्यक्त गरे । 

उनले भने- ‘विदेश गएका हाम्रा युवाहरुले पठाएको पैसाबाट देश चलेको छ, उनीहरुले पैसा नपठाउने हो भने हाम्रो देश श्रीलंका र पाकिस्तान भन्दा पहिला नै असफल मुलुक भइसक्थ्यो । हरेक दिन अंगभंग भएर फर्किएका छन्, बाकसमा फर्किएका छन् । उनीहरुको लागि सरकारले के सोचेको छ ? आज यो देशलाई श्रीलंका हुनबाट बचाउने नेताहरु होइनन्, विदेशमा भएका नेपालीहरु हुन् । तर उनीहरुको सुरक्षाका लागि सरकारले के गरेको छ ?’ 

सांसद सिंहले सरकारको सय दिनमा कुनै राम्रो काम गर्न नसकेको दाबी गरे । उनले अब जनताले विकल्प खोज्ने बेला भइसकेको बताए ।

Logo