ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न [फाेटाे फिचर]

ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न [फाेटाे फिचर]


नमूना कलेज अफ फेसन टेक्नोलजीको ग्राजुएसन फेसन शो भव्य रुपमा सम्पन्न भएको छ। हरेक पटक पृथक प्रस्तुतिकरणमा चिनिदैँ आएको ग्राजुएसन फेसन शोको पछिल्लो संस्करणमा पहिरनको सृजनामा विशेषता र  नेपाली फेसन कार्यक्रममा पहिलो पटक रनवेलाई रिभल्भिङ अवधारणामा प्रस्तुति दिएको  थियो ।

कार्यक्रमको क्रिएटिभ वेयरको प्रस्तुतिमा -याम्पकाे एउटा निर्देशित स्थानमा मोडल उभिने वितिकै सो स्थानलाई रिभल्भिङ संयन्त्रको प्रयोगबाट आफैँ निर्देशित गतिमा गोलाकार रुपमा घुम्ने गरी व्यवस्था गरिएको थियो ।

क्रिएटिभ ड्रेस  पहिरिएका मोडलकै हुबहु पहिरनशैलीमा करिब तीन फिट अग्लो पूतली पनि रनवेमा प्रस्तुत गरिएको र जुन दृष्य नेपाली फेसन रनवेमा फरक  देख्न पाइएको थियो । 

१७ औँ संस्करणको रुपमा प्रस्तुत गरिएको जर्नी अफ फेसन अन्तर्गत यस पटकको फेसन कार्यक्रम ‘कल्पनम् सत्यतात्’ शीर्षकमा अनुभव गर्न पाइएको थियो ।

नमूना कलेजका संस्थापक प्रधानाध्यापक ज्ञानी शोभा तुलाधर सहित मोडलहरु रनवेमा उपस्थिति भएसँगै शुभारम्भ भएको उक्त कार्यक्रममा ९ वटा विभिन्न अवधारणाबाट प्रेरित ८३ वटा आकर्षक, मनमोहक एवं विविधतायुक्त पहिरनहरुलाई प्रदर्शन गरिएका थिए । ती सुन्दर पहिरनहरुका परिकल्पनाकार एवं सृजनाकर्ताहरु पनि ८३ जना नै थिए । हरेक प्रस्तुति अन्तर्गत अन्तमा सोही कलेक्सनको मास्टरपीसका रुपमा क्रिएटिभ डिजाइनलाई -याम्पकमा देख्न पाइएको थियो। 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

 

Logo