प्रधानमन्त्रीलाई गगनको आग्रहः निर्देशनबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्

प्रधानमन्त्रीलाई गगनको आग्रहः निर्देशनबाट शासकीय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुनुस्


नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन कुमार थापाले निर्देशन र घोषणाबाट शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।  

शुक्रवारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल निर्देशन र घोषणाहरु मात्रै गर्दै हिँडेको बताएका हुन् । उनले प्रधानमन्त्रीलाई उद्घाट्न र सम्मेलनहरुमा जान भ्याइनभ्याइ भएको भन्दै प्रधानमन्त्री फुर्सद भएकोप्रति आफू छक्क परेको बताए । 

उनले प्रधानमन्त्रीलाई  निर्देशन र घोषणाले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट मुक्त हुन आग्रह गरे ।

त्यस्तै सांसद थापाले प्रधानमन्त्री लक्ष्यमा पुग्नका लागि मलमल भइरहेको बताए । उनले प्रधानमन्त्री दाहालसँग लक्ष्य पुरा गर्ने आत्मविश्वास नदेखिएको बताए । 

‘प्रधानमन्त्रीले कार्यक्रममा बोल्नुभएको कुरालाई हामीले एक ठाउँ राखेर हे-यौँ । वैदेशिक रोजगारीमा जाँदा दुःख नदिने, एकल अंकमा ब्याजदर झार्ने, राजस्व चुहावटमा भएका कुराहरुलाई कडाइका साथ नियन्त्रण गर्ने, प्रधानमन्त्रीले दिनुभएका निर्देशनहरु हुन् ।’ उनले भने, ‘हामीले अर्कोतिर घोषणाहरु हे¥यौँ भने दलितहरुले सयौँ वर्षसम्म सम्झने खालको कार्यक्रम म लिएर आउँछु । गोरखकाली रबर उद्योग म चलाउँछु । शिक्षा क्षेत्रमा प्याकेज ल्याएर सुदृढ बनाउँछु । यो प्रधानमन्त्रीका घोषणाहरु हुन् । निर्देशन र घोषणा यो दुईवटा कुराले शासकिय सुधार हुन्छ भन्ने मनोवृत्तिबाट हाम्रो प्रधानमन्त्री पहिला त्यहाँबाट मुक्त हुनुपर्छ ।’

सांसद थापाले सरकारको नीतिगत प्राथमिकता र न्युनतम कार्यक्रम संसद चलिरहेको बेलमा बाहिरबाट सार्वजनिक गरिएकोप्रति विरोध जनाए । उनले न्युनतम कार्यक्रम संसदभित्रै प्रश्तुत हुनुपर्ने बताए । संसद चलिरहेको बेलामा यस्ता कार्यक्रमहरु संसदभित्रै प्रस्तुत गर्ने परम्परा बनाउनुपर्नेमा उनले जोड दिए । 

उनले प्रधानमन्त्रीलाई काम गर्नका लागि राम्रो समूह चाहिने भन्दै प्रधानमन्त्रीसँग राम्रा समूह नभएको बताए । उनले प्रधानमन्त्रीको सरकारी समूह सजाय पाएको जस्तो रहेको बताए । अन्त काम केही नभएर प्रधानमन्त्री कार्यालयमा कर्मचारीहरुलाई थन्क्याउन लगिएको जस्तो भान हुने उनको भनाई छ ।  

Logo